धरान/संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले देशका प्रमुख सात शहरहरुमा जनप्रर्दशन सहित सभा गर्ने भएको छ ।

मोर्चाले यसअघि नै आन्दोलन गर्ने घोषणा गरेको थियो । घोषित आन्दोलनका कार्यक्रमहरुमा ै चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई गर्ने, १३ गते श्रद्धाञ्जली सभा गर्ने र १४ गते स्थानीय तहको प्रतिवेदन जलाउने कार्यक्रम छ ।

गठबन्धनले १५ गतेदेखि देशका प्रमुखहरुमा जनप्रदर्शन गर्नेछ ।गठबन्धनले  १५ गते धनगढी, १६ गते कैलालीको अत्तरिया, १७ गते पोखरा, १८ गते उदयपुर, १९ गते दमक, २० गते हेटौडा र चैत २१ काठमाडौंमा जनप्रदर्शन तथा विरोध सभा गर्ने भएको छ ।