काठमाडौं/नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले एमालेको सभा विथोल्नका लागि केही दलले मानिसहरुको प्रयोग गरेको आरोप लगाएका छन् ।
मेची महाकाली अभियान अन्तर्गत कैलालाीको धनगढीमा आयोजित सभामा एमाले उपाध्यक्ष गौतमले मधेसी मोर्चाहरु एमालेलाई कालो झण्डा देखाएर आफैं सकिने बाटोमा लागेको बताए । उनले एमाले सभा विथोल्नका लागि विभिन्न दलहरुले मासिनसलाई रक्सी खुवाएर र लठ्याउने औषधी खुवाएर प्रयोग गर्ने गरिएको आरोप लगाए ।
उनले भने,‘उनीहरुलाई मार्ने योजनाका साथ पठाउँछन् र आफै मार्छन् त्यसपछि एमालेलाई बदनाम गर्न लाशको राजनीति गर्छन् । तर एमाले बदनाम भएको छैन् । उनीहरु आफै बदनाम भएका छन् ।’
एमाले उपाध्यक्ष गौतमले नेकपा एमालेको विरोध गर्ने कांग्रेस, मधेस मोर्चासँग कुनै विषय नभएपछि संविधान संशोधनको विषय अगाडि सारेका बताएका छन् ।
सरकारले हिन्दीलाई कामकाजको भाषा बनाउने गरी संशोधन प्रस्ताव अघि सारेको तर त्यो विषय एमालेलाई मान्य नभएको उनले बताए ।