काठमााडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनपुरमा भारतीय सुरक्षाकर्मी द्वारा मारिएका शहीद गोविन्द गौतमको परिवारलाई भेट्न जाने भएका छन् ।

शुक्रवार उनी गौतमको परिवारलाई भेट्न जाने कार्यक्रम रहेको ओलीको नीजि सचिवालयले जनाएको छ । एमालेको मेचीमहाकाली अभियान अन्तर्गत धनगढीमा रहेका ओली शुक्रवार कञ्चनपुर पुग्ने छन् ।

ओली सहित अरु नेता पनि गौतमको परिवारलाई भेट्न जाने कार्यक्रम छ । नेताहरूले गौतमको परिवारलाई शान्त्वना दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

एमाले नेताहरूले कञ्चनपुर घटनाको विषयमा भारतले माफी माग्नुपर्ने बताइरहेका छन् ।

फागुन २७ गते नेपाली भूमिमा प्रवेश गरेर भारतीय सिमा सुरक्षा बलले गोली प्रहार गरेर गौतमको हत्या गरेको थियो । कञ्चनपुरको पुर्नवास नगरपालिका आनन्द बजार नजिकै कल्र्भट निर्माणको विषयमा विवाद हुँदा नेपाली स्थानीय र भारतीय सुरक्षाकर्मीका बीचमा झडप भएको थियो ।