काठमाडौं/मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
[caption id="attachment_34647" align="alignnone" width="944"]
तस्बिर साैजन्यः महेश चाैरासिया[/caption]
मोर्चामा आवद्ध तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संसदमा बुधबार बोल्दै प्रतिपक्षमा बसेको जानकारी गराए ।
प्रतिपक्षमा बस्ने घोषणा गरेसगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा केही धक्का पर्ने देखिएको छ । मधेशी मोर्चामा सम्मिलित दलहरु सबैले समर्थन फिर्ता लिने अभिव्यक्ति दिएका छन् ।
उनीहरुले सभामुखलाई संसद भवनमा पत्र नै थमाएका थिए । फोरमका संसदीय दलका नेता अशोक राईद्वारा हस्ताक्षरित पत्र प्रमुख सचेतक शिवजी यादवले सभामुख ओनसरी घर्ती मगरलाई थमाएका थिए ।