तरहरा (सुनसरी)/ सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरे सँगै जिल्ला निर्वाचन कार्यलय सुनसरीमा निर्वाचन सम्बन्धी कामको चटारो बढेको छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा निर्वाचनको तयारी सम्म तिब्र वनाईएको निर्वाचन कार्यलय सुनसरीले जनाएको छ ।
सुनसरीमा ३७ बटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यलय सुनसरीले जनाएको छ । संसदमा दर्ता नहुने १६ वटा साना दलले सुनसरीमा दल दर्ता नगराएको उनको भनाई थियो ।
२०७० सालको निर्वाचनमा १ लाख ८७ हजार ५ सय ६४ महिला र १ लाख ८४ हजार ५ सय १५ पुरुष मतदाता गरी ३ लाख ७२ हजार ७९ जना मतदाता थिए भन अहिले ५० हजार भन्दा वढि मतदाता बढेको निर्वाचन कार्यलय सुनसरीले जनाएको छ ।
गत फागुन ९ गते सम्म अहिले ४ लाख २९ हजार ८ सय ३० जनाले मतदाता नामवली दर्ता गराएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । १८ वर्ष माथीकोले मात्र भोट हाल्न पाउँने ब्यावस्था भएको कारण करीव ४ लाख २२ हजारले भोट हाल्न पाउँने जिल्ला निर्वाचन कार्यलय सुनसरीका प्रमुख जानकी कर्णले बताए ।
उनले भने कर्मचारीहरुको नामवली संकलनका साथै मतदान केन्द्रहरु केहि थप्नु पर्ने भएको कारण दलहरुको सँग छलफल भईरहेको बताए । निर्वाचन सामाग्री नआएको र मतदाता शिक्षाको कार्यक्रम चैत अन्तिमबाट हुने बताए ।
आचरसंहित जारी भए उता उलद्यनको उजुरी अहिले सम्म कार्यलयमा नआएको बताए । यता बिराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आफ्नो काम थालेको छ ।
जिल्ला निर्वाचन कार्यलय मोरगंमा पनि ७७ हजार नयाँ मतदाता थपिएको कार्यलयले जनाएको छ । मोरङमा ३३ दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएको कार्यलयले जनाएको छ ।
सबै ठूला–साना दलहरुले दल दर्ता गरिसके पनि राष्ट्रिय प्रजातन्त्र पार्टी भने दर्ता हुन नआएको निर्वाचन कार्यालयका मोरगंले जनाएको छ । निर्वाचन कार्यालय बिराटनगरका अनुसार ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ५ लाख ७३ हजार ४ सय ३ नागरिकले मतदाता परिचयपत्र लिएका छन् ।
मोरङमा दोस्रो संविधानसभा निर्वाचनमा ४ लाख ९५ हजार ४ सय ३३ मतदाता थिए । जिल्लामा गत फागुन पहिलो सातासम्म ७७ हजार ९ सय ७० मतदाता थपिएका छन् ।