पथरी /स्थानीय तहको नयाँ संरचना अनुसार साविक बयरवन,केरौन र होक्लाबारी गाविसलाई मिलाएर ‘कानेपोखरी’ गाउँपालीका बनेको छ । मंगलबार कानेपोखरी गाउँपालीको कार्यालय सावीक बयरवन गाविसको कार्यालयमा औपचारीक रुपमा उद्घाटन गरेको छ । गाउँपालीकाको कार्यालयलाई नव आगन्तुक अधिकृत गोपाल श्रेष्ठले उद्घाटन गरेका थिए ।

गाउँपालीकाको बिभिन्न राजनितिक दलका प्रतिनिधिहरुको उपस्थतमा कार्यालय उद्घाटन गरेको हो । साविक बयरवनका गाविस सचिव हेमुलाल गौतम, कर्मचारी र बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले गाउँपालीकाको नव अधिकृतलाई कार्यालयमा स्वागत गरेका थिए । उद्घाटन कार्याक्रममा बोल्दै अधिकृत श्रेष्ठले अहिलेको मुख्य विषय भनेको स्थानीय तहको चुनाव हो, सबै राजनितिक दल, व्यापारीहरु एकजुट भएर आचारसंहिताको पालाना गर्दै चुनाव सफल बनाउनु लाग्नु पर्ने बताएका थिए । पहिले गाविसमा सचिव नहुदा सवै सेवाग्राहीको काम रोक्कीन्थ्यो तर अव गाउँपालीकामा प्रमुख नभए पनि कसैको, कहिले पनि काम नरोकिने अधिकृतले कार्यक्रममा बताए ।

कार्याक्रममा नेकपा एमालेको तर्फबाट हरि पौडेल,मावाबादी केन्द्रबाट सूर्य धिमाल,नेपाली कांग्रेसबाट टंकेश्वरी याक्खा र संधिय लिम्बूवान परिषदबाट विवेक लिम्बूले शुभकामना मन्तव्य राखेका थिए । अधिकृत श्रेष्ठ रसुवा, डाँगीहाट हुदै अहिले कानेपोखरी गाउँपालीकामा अधिकृतको जिम्बेवारी सम्हाल्न आएका हुन । पहिलेको बयरवन गाविसको सचिव हेमुलाल गौतम कानेपोखरी गाउँपालीकामै नायव सुब्बाको रुपमा काम गर्ने जनाएका छन् ।

त्यसैगरी साविक केरौन गाविसको सचिव धर्मराज अधिकारी वडा नम्बर २ र ५ को वडा सचिव र साविक होक्लाबारी गाविसको सचिव ओम आलेलाई वडा नम्बर १ को वडा सचिवको रुपमा काम छुट्याइएको छ । त्यसैगरी साविक बयरवन गाविसको कार्यालयका प्राविधिक युवराज लिम्बूलाई वडा नम्बर ६ र ७का वडा सचिव, साविक बयरवन गाविसको प्रशासन फाटका उमा श्रेष्ठलाई वडा नम्बर ३ र ४ को वडा सचिवको रुपमा जिम्मा दिएका छन् । अर्को व्यावस्था नहुनजेल सम्म सवै वडाको काम गाउँपालीकबाटै हुने र तोकिएको व्यक्तिहरुले गाउँपालीको काम गर्ने अधिकृत श्रेष्ठले बताए ।

होक्लाबारी साविक गाविसको १ देखि ९ वडालाई गाउँपालीकाको वडा नम्बर १,साविक केरौन गाविसको वडा नम्बर ३,४,६ र९ वडालाई मिसाएर वडा नम्बर २, साविक बयरवन १ देखि ५ वडा सम्म मिसाएर वडा नम्बर ३, साविक बयरवन ६ र ७ वडालाई मिलाएर ४ नम्बर वडा,साविक केरौन गाविसको १,२ र ५ वडालाई मिलाएर ५ नम्बर वडा, साविक बयरवन गाविसको ८ वडालाई ६ नम्बर वडा र साविक बयरवन ९ लाई ७ नम्बर वडामा विभाजित गरिएको छ ।

नयाँ संरचना अनुसार गाउँपालीकाको ७ वटा वडाको जनसंख्या ३८हजार ३३ जना रहेको गाउँपालीकाको तथ्याङ्कले देखाएको छ । यस गाउँपालीकाको क्षेक्रल ८२.८३ वर्ग किलोमिटर रहेको छ ।