मोरङ/ पूर्व क्षेत्रमा होली पर्वको नाममा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजारभन्दा बढी सवारी साधनहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएर कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन् ।
नियन्त्रणमा लिइएका सवारी साधनहरुमा १२ सय ८७ वटा मोटरसाइकल/स्कुटर तथा पाँचवटा साना सवारी साधन छन् । पक्राउ पर्नेमा झापा जिल्लामा ५ सय ३६, सुनसरीमा ३ सय १, मोरङमा २ सय ५१, सिरहामा १ सय ३२, उदयपुरमा ५० तथा सप्तरीमा १७ वटा मोटरसाइकल÷स्कुटर छन् ।
पर्वको बहानामा लागूपदार्थ, मादकपदार्थ सेवन गरी सवारी चलाएको, हेल्मेट नलगाई मोटरसाइकल चलाएको तथा मोटरसाइकलमा तीनजना सवार रहेकाले उनीहरु पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नियन्त्रणमा लिइएका सवारी साधन तथा मानिहरुलाई कसुर अनुसारको कारवाही गरी छाडिने क्षेप्रकाले जनाएको छ ।