बेलबारी / टाईबे्रकरमा बेलबारी फुटबल क्लबलाई पराजित गर्दै आयोजक जनज्योति क्लबले वकिल थापा मगर स्मृतिफुटबलप्रतियोगिताको उपाधि हात पारेको छ । मङ्गलबार भएको फाइनल खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा ४–३ को गोल अन्तरले बेलबारीलाई पराजित गरेको थियो । निकै प्रतिष्पर्धात्मक खेलमा मध्यान्तरपछि जनज्योति बेलबारीलाई दवाबमा राख्न सफल भएको थियो । जनज्योतिका खेलाडी बुद्ध चेम्जोङ, हेमन्त थापा मगर र निशान मगरले बेलबारीविरुद्ध गोल गर्न निकै प्रयास गरे पनि सफल भएनन् । बेलबारीका खेलाडी संजोग लिम्बू, उमेश राई र राजु तामाङले पनि जनज्योतिविरुद्ध गोल गर्न निकै प्रयास गरेका थिए । जितसँगै विजेतालाई ५१ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको छ । त्यसैगरी उपविजेता बेलबारी वकिल थापा मगर स्मृति फुटबलको उपाधि आयोजकलाई क्लबले ३१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । प्रतियोगिताका म्यान अफ दि म्याच बुद्ध चेम्जोङ, बेस्ट किपर किशोर गिरी, बेस्ट डिफेन्स निरज बस्नेत, बेस्ट मिड फिल्डर दीपक राई, बेस्ट स्ट्राइकर निशान लिम्बू, म्यान अफ दि सिरिज किशोर गिरी, हाईस्कोरर निशान लिम्बू भए । पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहयोगी सङ्घ–संस्थाहरूलाई कार्यक्रमका सभापति तथा क्लबका अध्यक्ष मणि पुलामी मगरले मायाको चिनो प्रदान गरेका थिए । बेलबारी–१ नक्सलबारीका समाजसेवी वकिल थापा मगरको स्मृतिमा प्रतियोगिता गरिएको थियो ।