धरान/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ । माेर्चाले मंगलबार रातिबाट सरकारलाइ दिएकाे समर्थन स्वत फिर्ता हुने बताएकाे छ ।माेर्चाले बुधबार अान्दाेलनका कार्यक्मपिन घाेषणा गर्ने भएकाे छ ।
मधेसी मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापन पत्र बुझाएको थियो । जसमा ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए आफूहरुले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुने बताएको थियो ।
तर माेर्चाले गरेका दुबै माग पुरा नभएपछि समर्थन फिर्ता लिएर अान्दाेलनका कार्यक्रम घाेषणा गर्न लागेकाे हाे ।
‘आज रातिबाट हामीले सरकारलाई दिएको समर्थन स्वतः फिर्ता हुनेछ मोर्चामा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने अब अान्दाेलन गर्नुकाे बिकल्प रहेन ।
आन्दोलन घोषणाको तयारी
मधेसी मोर्चाले औपचारिक रुपमा समर्थन फिर्ता भएको भोलिपल्ट आन्दोलन घोषणाको तयारी गरेको छ । माेर्चाले बैशाख १ बाट अामहड्रताल सहितका अानदाेलनका कार्यक्रम साबर्जनिक गर्न लागेका माेर्चा निकट श्राेतले बताएकाे छ ।माेर्चाले बुधबारनै बैठक बोलाइएको छ ।
माेर्चाले चैतमहिनाभर प्रचारात्मक र दबावमुलक कार्यक्रम अघि सारेको छ । एक नेताका अनुसार माध्यमिक शिक्षा परीक्षा भएकाले चैत ३ देखि ११ गतेसम्म प्रचारात्मक कार्यक्रम प्रस्ताव गरिएको छ । त्यसपछि चैत मसान्तसम्म दिन विराएर तराई मधेसका जिल्लाहरुमा धर्ना, जुलुस, सभा लगायतका कार्यक्रम हुनेछ ।