पथरी/ नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिले मोरङको पथरी बजारमा सिटी जुलुस प्रदर्शन गरेका छन् । मंगलबार महासंघ केन्द्रीय कार्यलयको कार्यक्रम अनुसार पथरीशनिश्चरे नगर समितिले सिटी जुलुस निकालेको हो ।

महासंघ पथरीशनिश्चरे नगर समन्वय समितिको पदाधिकारी सहित नगरका आदिवासी जनजातीहरु उपस्थीत भई पूर्वी बस स्टेनबाट सुरु गरेर नगर परिक्रमा गरी लोकतान्त्रीक चौकमा कोण सभा गरेका थिए । आदिवासी जनजातिहरुको अधिकार स्थापनाको लागि एक थोपा रगत रहेसम्म आन्दोलान जारी रहने बक्ताहरुले बताएका थिए ।

महासंघ नगर समन्वय समितिका अध्यक्ष चन्द्र तामाङको नेतृत्वमा निस्केको जुलुसमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा लिम्बुवान राज्य समितिका महासचिव लोकसागर साम्बा, किराती राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन किराती, लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघा लगायत सहभागि थिए ।

कोणसभामा किरात याक्थुम चुम्लुङका मोरङ जिल्ला कार्यबाहक अध्यक्ष बिबेक लिम्बू लगायतले बोलेका थिए । आदिबासी जनजातिहरुको अधिकार स्थापनामा सहयोग पु¥याउन उदेश्यले गठन भएको आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेजको प्रयास भएपछि महासंघले देश व्यापी रुपमा खबदारी स्वरुप विभिन्न कार्यक्रमहरु भएररु भइरहेको महासंघको केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बताए ।