धरान/संविधान कार्यान्वयन गर्नको लागि सबै राजनीतिक दलहरु एकठाउ“मा उभिन आवश्यक रहेको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहताले बताएका छन् ।
[caption id="attachment_34386" align="alignnone" width="700"]
रेडक्रस सुनसरीद्वारा आयोजित कार्यक्रममा अतिथिहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption]
नेपाल रेडक्रस सोसाइटी सुनसरीको नया“ पदाधिकारी परिचय तथा नवआगन्तुक सुरक्षा तथा प्रशासन प्रमुखहरुलाई स्वागत गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले संविधान कार्यान्वयन अहिलेको आवश्यकता रहेको बताए । उनले ठूला नेताहरुले सहमति र सहकार्यको कुरा गर्ने तर पूरा नर्गने परिपाटी रहेको बताउ“दै रेडक्रसको जिल्ला शाखाको निर्वाचनबाट सिक्नु पर्ने बताए ।
उनले संविधान संसोधनको लागि पनि राजनीतिक दलहरु सहमति र सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले रेडक्रसले समाजसेवा, स्वयमसेवामा समर्पित भएर काम गरेको बताउ“दै राजनीतिकर्मीले पनि त्यसबाट शिक्षा लिन आवश्यक रहेको बताए ।
कार्यक्रममा सुनसरी प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी रमेशकुमार भट्टराई, पूर्व क्षेत्र सशस्त्र प्रहरी बल बराहबाहिनीका प्रमुख डिआजी जानकीराज भट्टराईलाई स्वागत सम्मान गरिएको छ ।
त्यस्तै, अञ्चल प्रहरी कार्यालय कोशीका एसएसपी उत्तमकुमार कार्की, स्थानीय विकास अधिकारी तुल्सीबहादुर श्रेष्ठ र इलाका प्रशासन कार्यालय धरानका प्रमुख उपसचिव कमलबहादुर थापालाई स्वागत गरिएको छ । रेडक्रसको फागुन १३ गते निर्वाचित सभापति उमेश थापासहितका पदाधिकारीहरुलाई परिचित गराइएको छ ।