बाँके/बाँकेको सोनपुर गोनाना भन्ने ठाउँमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच तनाव उत्पन्न हुँदा प्रहरीले हवाई फायर गरेको छ । त्यस्तै बाध्य भएर प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ । गुलरिया–नेपालगञ्ज सडक खण्डको गोनानामा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीले बोकेको हतियार खोस्न खोजेको आरोपमा हवाई फायर गर्नु परेको प्रशासनले बताएको छ । यता मेधेशी मोर्चाका कार्यकर्ता इस्तियाक रायले भने आफ्ना कार्यकर्ताले हतियार नखोसेको दाबी गरेको छ । नेपालगञ्जमा रहेको कार्यक्रममा सहभागी हुने कार्यकर्ताहरुलाई रोक्ने तयारी मात्रै भएको बताए । एमाले कार्यकर्ताहरुलाई बाटो रोक्ने प्रयास गरेकापछि तनाव सिर्जना भएको प्रहरीले बताएको छ ।