काठमाडौं/ नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन मंगलवार भारत जाने भएका छन् । उनी दिउसो ३ः३० बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

भट्टराइले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्गे छन् । ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका सहयोगीहरुले जनाएका छन् ।

त्यस्तै १९ मार्चमा नया“ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुस“गको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने तथा २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुस“ग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

दिल्लीमा रह“दा भट्टराइले भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुस“ग पनि भेटघाट गर्ने कार्यक्रम रहेको उनका सहयोगीहरुले जनाएका छन् ।