[caption id="attachment_34300" align="alignnone" width="800"] दुर्घटना भएकाे ट्रक र माेटरसाइकल[/caption]

धरान/ सोमबार राती इटहरी–धरान सडक खण्डमा पर्ने तरहरा नजिकै जंगलमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

धरानबाट इटहरी तर्फ जादै गरेको को १ ख ५५८ नं.को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ५ प ३५०१ नं. को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइलमा सवार २ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी–१९ का २३ वर्षिय प्रदीप वान्तावा राई र धरान–१७ का ३३ वर्षिय दिवस राई रहेको विपिकोइराला स्वास्थय विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जनाएको छ । त्यस्तै घाइते हुने इटहरी–१९ का २१ वर्षिय राजु मगर रहेको प्रहरीले जनाएको छ । घाइते मगरको उपचार धरान स्थित विपि कोइराला स्वस्थय विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ भने उनको खुट्टा भाँचिएको छ ।