[caption id="attachment_34187" align="alignleft" width="300"]

फायल फाेटाे[/caption]
इटहरी/सुनसरी जिल्लामा होलीका दिन टाफिक नियम उल्लङ्घन गर्ने दुई सय बढी सवारी साधान कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार २ सय २१ वटा मोटरसाईकल, म्याजिक भेन १ र एउटा सिटि सफारकी कारवाहीमा परेका हुन् । मादक पदार्थ सेवन गरी अवान्छित गतिविधी गर्ने ८ जना पनि कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले होली पर्वलाई मध्यनजर गरी सवारी दुर्घटना तथा अवाञ्छीत कृयाकलाप नियन्त्रणका लागी ३ सय ७० जना प्रहरी परिचालन गरिएको र ६१ स्थानमा चेक पोइन्ट राखेके पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।