पाँचथर/ सदरमुकाम फिदिममा पाँच दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । तमोरभ्याली गेष्टहाउसको चुम्देन हलमा पाँच दिन सम्म चलेको तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको हो । फिदिम नगरपालिकाको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरले तालिमको आयोजना गरेको हो । तालिममा साविक फिदिम नगरपालिकाको सवै वडाबाट २० जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकार बिजयवोध लाओती र गणेश साम्पाङले गरेकाे अायाेजकले बताए ।