पथरी/इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरीशनिश्चरे ७ स्थीत फुङ्नाम चौकबाट काचो सखुवाको काठ बरामद गरेको छ । ओइल्यानी जग्गामा रहेको दुइवटा सालको काठ रातको समयमा काटिएको १० टुक्रा ३७ किबी काठ शनिबार बरामद गरेको हो ।

काठ्काटदै गरेको सुचना आएपछि इलाका प्रहरी कार्यालयबाट खटिएको टोली काठ भएको स्थानमा पुगेका थिए । बरामद पछि काठलाई थप अनुसन्धान र कारवाहिको लागी सेक्टर बन कार्यालय मंगलबारेमा पठाइसकेको इस्पेक्टर राजन कार्कीले बताए ।