सुनसरी/भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुबाट पिडित नेपालीले अझै राहत नपाएको गुनासो गरेका छन । २०७२ साल मंसिर ९ गते एसएसबीको गोली खाएका सुनसरी हरिपुरका पिडितहरुले न्याय नपाएको गुनासो गरेका हुन ।
आफ्नै देशमा भारतीय एसएसबीको ज्यादती सहित गोली खाएका उनीहरुले सरकारी पक्षले अहिले सम्म वेवस्ता गरेको र राहत सम्म नदिएको गुनासो उनीहरुको छ ।
आफ्नै भुमिमा भारतीय एसएसबीको गोली खाएका त्यहाँका सर्वसाधरणहरुले सिमा क्षेत्रमा अझै पनि त्रास पूर्ण रहेको वताएका छन । सिमा क्षेत्रमा अझै पनि एसएसबीको त्रास कायमै रहेको पिडित सरोज यादवले वताए । आफ्नो दाईने पिडुलामा गोली लागेको ठाउँ देखाउँदै उनले भने खै त सरकार हामीलाई राहत ? आफुहरुले सरकारी पक्षबाट उपचार खर्च सम्म नपाएको गुनासो गदै उनले भने धन्न बाच्न चै बाचिएछ ।
हामीलाई गोली हान्ने भारतीय एसएसबीको जवानलाई कार्वार्ही भयो कि भएन ? उनको प्रश्न थियो । उनीहरुलाई कार्वार्ही हुनु पर्ने माग उनीहरुको छ । यता अर्को पिडित अशोक यादवले पनि सरकारी पक्षबाट आफुहरुलाई कुनै राहत नमिलेको वताए ।
उनले आफ्नै भुमिमा पिठ्युमा गोली खाएको दुखेसो गदै सरकारी पक्षबाट समेत वेवस्ता गरेको सुनाए । उनले भने मेरो उपचारमा करीव साडे चार लाख खर्च भयो सरकारी पक्षबाट करीव एक लाख वरावरको छुट मात्र पाए ,वर्षभरी खाने धान बेचेर एसएसबीको जवानले हानेको गोलीको उपचार गर्नु पप्यो ।
सरकारी पक्षबाट केहि राहत पाईएन अहिले पनि दशजगा क्षेत्रमा नेपालीले कुटाई खाईरहेकै छन दशजग्गा क्षेत्रमै घर जोडिएका उनले भने । स्थानीय सञ्चारकर्मी पप्पु यादवले पनि सिमा क्षेत्र अहिले त्रसित नै रहेको वताए ।
साझ पख दशजग्गा क्षेत्र आसपासमा हिडडुल गर्ने समस्या हुने गरेको उनको भनाई थियो । अहिले पनि सिमा क्षेत्रमा साझपख हिन्दा नेपालीलाई कुटपिट गर्ने गरेको उनको भनाई थियो । स्थानीय ७२ वर्षिय पुरानो वासीन्दा लक्ष्मी यादवले सिमा क्षेत्रमा भारतको हेपाह प्रवृतिले जरा गाडीरहेको आरोप लगाए । सिमा आसपासमा डरसरी वस्नु वाध्यता भएको उनको भनाई थियो ।
एसएसबीका जवानले मंसिर ९ गते हरिपुरमा छिरेर ताकी–ताकी गोली हान्दा घाइते भएका स्थानीय अशोक यादव ,मनोज यादव,नरेश यादव र सरोज यादव घाईते भएका थिए ।
छ जनाको संख्यामा गाउँ प्रवेश गरेका एसएसबीका जवानले दस गजा क्षेत्रभन्दा दुई सय मिटर वर पर्ने नेपालतर्फको सुनसरी हरिपुर वडा नं. ७ को वस्तीमा गोली हानेका थिए । सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका बिकान्त सारावतले चार जना नेपालीलाई गोली प्रहार गरेका थिए । त्यस लगातै भारतीय पएसएसबी ४५ बिग्रेडका कमाण्डर बीरपुरका राम अवतारले स्वीकारका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले उनीहरुले अहिले सम्म राहत नपाएको स्वीकार गरेका छन । यस विषयमा आफु भर्खरै सुनसरी आएको कारण सबै जानकारी समेत थाहा नभएको वताए ।
तर यस विषयमा सोधखोज भईरहेको छ प्रजिअ पराजुलीले भने । तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालीलाई गोली प्रहार गर्नेलाई कारबाही गर्न भारतीय सुरक्षा अधिकारीसँग पटक–पटक माग गरेका थिए ।
तर भारतीय पक्षबाट अहिले सम्म उनीहरुलाई कार्वार्ही भएको जानकारी नेपालको प्रशासनलाई दिएको छैन ।