बीस वर्ष पछाडि हुन लागेको स्थतानीय तहको निर्वाचन कुनै पनि परिस्थितीमा हुन नदिने मधेसी नेताहरुले बताएका छन । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले अब मधेसी मोर्चालाई अपहेलित गर्ने दलहरुका अगाडी आफूहरु नझुक्ने चेतावनी समेत दिएका छन ।

मधेसी नेता र जनतालाई धकेल्ने काम भइरहेको छ अब त्यो सह्य हुन्न । अब हामीले राखेको अल्टिमेट अनुसार काम भएन भने हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ । सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिखित रुपमा चुनाव स्थगित गर्न माग गरेको ठाकुरे बताए । चुनाव स्थगित नगरेसम्म सरकारलाई दिएको अल्टिमेटमबाट पछि नहट्ने मोर्चाको अडान छ । उनले मधेसी मोर्चाले राखेको माग पारित हुनेगरि संविधान संशोधन अगाडी बढाउनुपर्ने जिकिर गरे ।

ठाकुरले मधेसमा भाषाका हिसावले हिन्दी भाषालाई लागू गरिनु पर्ने समेत जिकिर गरेका छन । पहिला संविधान र दोस्रो स्थानीय तहको पुर्नसंरचनाको संशोधन थियो । अब संविधान संशोधनले मात्रै नपुग्ने ठाकुरले बताए । ‘यी दुवै संशोधन नभएसम्म निर्वाचन हुन गाह्रो छ । सरकारलाई समर्थन दिईराख्न पनि गाह्रो हुन्छ ।

संसदमा पेश भएको संविधान संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन हुन नदिने बताउँदै उनले भने, ‘संविधान संशोधन गरेर मधेसी, थारु र जनजाति लगायतको माग पूरा नभए निर्वाचनमा नगई मधेसी मोर्चा आन्दोलनमा जान्छ, संशोधन विधेयक कानुनसम्वत छ, सरकार गठनकै क्रममा सत्तासिन दलहरुले माग पूरा गर्ने प्रतिबद्धता जाहेर गरे अनुसार नभए निर्वाचन हुन दिन्नौँ ।’

अंगिकृत नागरिक सबैलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने माग मोर्चाको नरहेको बताउँदै ठाकुरले वैवाहिक महिलालाई भने यस्तो अधिकार दिनु पर्ने माग रहेको बताए ।