काठमाडौं/ जाजरकोट सदरमुकाम खलंगाबाट खारा गाउँ तर्फ जाँदै गरेको ६० जना यात्रु बोकेको बस दुर्घटनामा परेको छ । भेरिमालिका नगरपालिकाको मोडबाट बस दुई सय मिटर तल सडकमा खसेको छ । प्रहरीले दुर्घटनामा धेरेको हताहती भएको आशंका गरेको छ । प्रहरीका अनुसार दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।