सिरहा/संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले एमाले नेतालाई मोसो दलेका छन् । सप्तरी घटनाको विरोधमा उत्रिएका मोर्चाका कार्यकर्ताले एमाले सिरहा जिल्ला समिति सदस्य राम दयाल ठाकुरलाई बुधबार कालोमोसो दलेका हुन ।

नेकपा एमालेले मेची(महाकाली अभियानको क्रममा सप्तरीमा नरसंहार गराइएको भन्दै आक्रोशित मोर्चाका कार्यकर्ताले मिर्चैयाको कटारी चोकमा ठाकुरलाई मोसो दलेका हुन् ।

मधेस र मधेसी विरोधी पार्टी एमालेमा लागेकोले चेताबनी स्वरुप ठाकुरलाई कालोमोसो दलिएको मोर्चा नेता राम दयाल यादवले बताए ।