काठमाण्डौ /प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानिय बिकाश मन्त्री हितराज पाण्डेलाई हटाएर कमल थापालाई मन्त्री बनाउने भएका छन् ।
उनले कमल थापालाई उपप्रधान सहित स्थानिय बिकाश मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । मन्त्री पाण्डेलाई अरुनै मन्त्रालय दीने तयारी भएको प्रधानमन्त्री कार्यालय श्रोतले जनाएको छ ।
राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिँदै मन्त्रिपरिषद विस्तारको तयारी प्रधानमन्त्रीले गरेको हुन् ।
प्रधानमन्त्रीले राप्रपालाई दुई मन्त्रालय दिँदै सत्तासाझेदार बनाउन लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन् ।राप्रपाकै दिलनाथ गिरीलाई पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिने तय भएको छ ।
नव नियुक्त उपप्रधानमन्त्री थापाले आज साँझै सपथ गह्रण गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।