राजविराज/ सप्तरीको मलेठमा राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी चढेकाे गाडीमा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

राजविराज तर्फ जाँदै गरेको बा ७ च ७४७९ नम्बरको आयोगको गाडीमा प्रवक्ता अन्सारी र आयोगका पूर्व क्षेत्रीय निर्देशक झंगर बहादुर रावल सवार थिए ।

गाडीका सिसाहरु फुटे पनि प्रवक्ता अन्सारी सहित कसैलाई पनि चोटपटक भने लागेको छैन । घटनालगत्तै पुगेको प्रहरीले उक्त गाडी र प्रवक्ता अन्सारीलाई सुरक्षित राजविराज ल्याइपुर्‍याएको छ ।

यसअघि आजै विहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोर्चाका कार्यकर्ताहरुले दर्जन बढी गाडीमा तोडफोड गरेका थिए । तोडफोड भएकामध्ये अधिकांश मालबाहक ट्रकहरु छन् ।