धरान/बैदेशिक रोजगार मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । धनकुटा खुवाफोक–२ का ३० वर्षीय रजिनिङ याक्खाको आत्महत्याको कारण मृत्यु भएको हो ।
[caption id="attachment_33278" align="alignleft" width="300"]
मृतकः रजिनिङ याक्खा[/caption]
याक्खाको एक छोरी र श्रीमती धरानमा बस्दै आइरहेकी छन् । पदम मेमोरियल स्कुलमा कक्षा चारमा अध्ययरत उनको छोरीको लागि उनी कार्यरत रहेको रेक्रोन कम्पनीका नेपाली तथा विदेशीहरुले आर्थिक सहयोग गरेका छन् ।
पढाई खर्चको लागि नगद ९१ हजार रुपैया सहयोग गरेका हुन् । रेक्रोनका कार्यरत नगेन्द्र मगरको नेतृत्वमा रकम छोरी निङ्लता याक्खालाई उनको नाममा रहेको बैंकमा ट्रान्सफर गरिएको छ ।
उनले गत माघ १७ गते आत्महत्या गरेका थिए भने उनलाई माघ २२ गते ल्याएर याक्खा परम्परा अनुसार सदगत गरेको दाजू युक्साले बताए । युक्सा पनि मलेसिया मै कार्यरत छन् । उनैले भाइलाई लिएर आएका थिए ।