धरान/सप्तरी घटनालाई लिएर २९ वटा दलहरु सम्मिलित संघीय गठबन्धनले शुक्रबार देशव्यापी एकदिने आमहड्ताल गर्ने भएको छ ।
[caption id="attachment_4214" align="alignleft" width="300"]
कुमार लिङ्देन[/caption]
गठबन्धनको एक घटक संघीय लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङ्देनले देशव्यापी आमहड्ताल गर्ने पुष्टी गरे । गठनबन्धनको प्रमुख मागमा सप्तरी घटना रहेको छ । अध्यक्ष लिङ्देनले उक्त घटनामा दोषीहरुलाई दण्ड दिनु पर्ने माग रहेको बताए ।
उनले फोनवार्तामा भने, ‘एमालेले जान्दाजान्दै कार्यक्रम गरेको छ । केपी ओलीलाई जेल हाल्नुपर्छ ।’ त्यस्तै गठबन्धनकाे स्थानीय चुनाव स्थगित गर्नु पर्ने दोस्रो माग छ । साथै, सुरुदेखि नै उठाउँदै आएको संविधान संसोधन गरेर १० प्लस १ मा लिम्बुवान प्राप्त घोषा गर्नु पर्ने माग रहेको बताए ।
देशव्यापी हड्तालको पूर्वसन्ध्या बिहीबार साँझ लिम्बुवान क्षेत्रमा राँके जुलुस निकाल्ने तयारी गरेको छ । मञ्चका केन्द्रीय सचिवालय सदस्य भूपेन्द्रसुन्दर लावतिले बन्दको अघिल्लो दिन राँके जुलुस निकाल्ने तयारी भइरहेको बताए ।