इटहरी/ एक सय ७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा महिलासँग सम्वन्धित संघ संस्थाले विविध कार्यक्रम गरेका छन् । ‘महिला सम्मानको आधार, सीपयुक्त हात र स्वरोजगार’ भन्ने मूलनाराका साथ विभिन्न संघ सस्थाले ¥याली तथा कार्यक्रम गरी श्रमिक महिला दिवस मनाएका हुन् ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाउने थालिएको हो । सोही दिनको सम्झनामा महिला हक अधिकारको माग गर्दै इटहरीमा अखिल नेपाल महिला संघ इटहरीको आयोजनामा ¥याली निकालिएको थियो ।

इटहरी उपमहानगरपालिका अगाडीबाट निकालिएको ¥यालीले इटहरी बजार परिक्रमा गरेको थियो । लेडी जेसिज इटहरीले संघर्षशिल महिला राधिका दास र सरस्वती कट्टेललाई सम्मान गरेको छ । महिला सञ्जाल इटहरीले निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरलाई श्रमिक महिला हक अधिकारबारे जानकारी गराएको थियो ।

लोकतन्त्र र न्यायका लागि आमा समुह,समाज सुधार महिला, महिला शसक्तीकरण समुह र सामाजिक न्यायका लागि महिला सहकार्यको आयोजनामा तरहरामा अन्तरक्रिया कार्यक्रम गरेको थियो । यसै गरी उप्का नेपाल र श्रमिक महिला साझा मञ्चको आयोजनामा इटहरीमा ¥याली निकालिनुका साथै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

यसै गरी इटहरी चौकमा महिला अधिकारकर्मीले इटहरी उपमहानगरपालिका र लेडी जेसिजले बुढी गंगा जमुनामा मैन बत्ती बालेर महिला हक अधिकार प्राप्ती भएको दिनलाई सम्झीएका छन् ।