धरान / सप्तरी घट्नामा भएको वास्तविकताबारे अनुसन्धान गर्न क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले एसएसपीको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ । क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेश भट्टराईका अनुसार कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीको संयोजकत्वमा एसपी विद्यानन्द माझी र भीम ढकाल सदस्य रहेका छन् । बुधबार गठन भएको समितिले विहीबारदेखि काम शुरु गर्ने छ । ‘घट्ना कसरी भयो । कस्को कमिकमजोरी रहयोलगायत विषयमा समितिले अनुसन्धान गर्ने छ । उसको सिफारिसको आधारमा दोषीलाई विभागीय कारवाहीसमेत हुने छ ।’–डिआईजी भट्टराईले भने–‘सञ्चार सेट हराएको छ । त्यसमा दोषी को हो त्यो पनि पत्ता लाग्ने छ । दोषीलाई विभागीय कारवाही गर्ने छौ ।’ एमालेले अायाेजना गरेकाे स‌विधान जागरणा अभियानलाइ  विथाेल्न खाेज्दा सप्तरीमा माेर्चाका कार्यकर्ता र प्रहरीविच भःडप हुदा ४ जनाकाे ज्यान गएकाे थियाे ।