
बुधबार बसेको मन्त्रीपरिषदको बैठकले मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो । यस्तै बैठकले सप्तरी घटनामा घाइते भएका सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ । मृतकका परिवारलाई दिइने राहत र घाइतेको उपचार खर्च तत्काल निकासा गर्न बैठकले अर्थ मन्त्रालयलाई निर्देशन पनि दिएको छ । सोमबार सप्तरीको राजविराजमा भएको नेकपा एमालेको सभा विथोल्न पुगेकाहरुमाथि प्रहरीले गोली चलाउँदा चार जनाको ज्यान गएको थियो । बैठकले घटनाबारे छानबिन गर्न १५ दिनको समय दिएर जाँचबुझ समिति बनाउने निर्णय पनि गरेको छ । बैठकमा केहि मन्त्रीहरुले भने नेकपा एमालेको मेची मकाहाली अभियानमा रोक लगाउनु पर्ने माग गरेका थिए ।