बाराको कलैयामा मधेशी मोर्चाका कार्यकर्ताले एमाले बाराका पार्टी कार्यालय सचिव ५३ वर्षीय शंकर भट्टराई र कलैया नगर कमिटी सद्स्य ५० वर्षीय रामएकवाल पटेललाई मोसो दलेका छन् ।
सप्तरी घटना पश्चात एमाले नेता–कार्यकर्ता विरुद्ध उत्रिएको मोर्चाका कार्यकर्ताहरुले कलैयाको भरत चोकमा आज, २५ फागुन दिउँसो भट्टराई र पटेललाई मोसो दलेका हुन् ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्र्तगत सोमवार सप्तरीमा भईरहेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताहरु माथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।
सप्तरीको घटना लगत्तै मधेशी मोर्चाले आह्वान गरेको मधेश बन्दको दोस्रो दिन पनि मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि बाराका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
दुई दिने मधेश बन्दका क्रममा बाराको सदरमुकाम कलैया, पथलैया–वीरगञ्ज सडकका वस्तीहरु र दक्षिणी भेगमा प्रभाव परे पनि जिल्लाको निजगढ, पथलैया, सिमरा, अमलेखगञ्जमा भने बन्दको प्रभाव परेको छैन ।