धरान/पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईले घरभित्र मारिने पशु नभई २१ औं शताब्दीका नारी रहेको बताएकी छन् । [caption id="attachment_33106" align="aligncenter" width="700"] धरानमा गरिएको १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धी कार्यक्रम । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] एकसय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धरानमा महिला सञ्जालले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै चापागाईले आजका ‘नारी बोक्सी होइनौं, यो देशका सम्मानित नागरिक हौ’ भन्दै पुरुषहरुलाई चेतावनी दिइन् । उनले धरान–१६ पुण्यमार्गमा १३ वर्षीय बच्ची अनुशा राईमाथि भएको ज्यादतीको खुलेर विरोध गर्दै स्थानीय राजनीतिक दलहरुलाई पनि यो घटनाको सत्यतथ्य खोजविन गर्न चुनौति दिइन् । उनले भनिन्, ‘मैले पत्रपत्रिकामा पढिरहेको छु । यो बच्चीमाथि भएको ज्यादतीमा तपाईहरुले सत्यतथ्य बाहिर ल्याउनुहोस् यो तपाईहरुको दायित्व पनि हो ।’ चापागाईले उक्त भनाइ व्यक्त गरिरहँदा नजिकै रहेका राजनीतिक दलका स्थानीय नेताहरु मुखामुख गरेका थिए । उनले सबै महिलालाई एकठाउँमा बस्दै विश्वभरीका महिलाका अधिकार प्राप्त हुने गरी यही १०७ औं श्रमिक महिला दिवसबाट लडाई लड्ने प्रण गर्नु पर्ने बताइन् । उनले संविधानमा हाल २ सय भन्दा बढी नियम कानुन बनाउनु पर्ने भएकाले त्यसतर्फ महिलाहरु सचेत हुन आग्रह गरिन । भनिन्, ‘संविधानमा लेखिएर मात्रै पुग्दैन्, २००४, २०१९ को संविधानमा महिला अधिकार दिने कुरा छ । तर, दिएर मात्रै पुग्दैन रहेछ । कानुन कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण हुने रहेछ ।’ उनले महिला दिदीबहिनीहरुलाई अवको आन्दोलन के हो, त्यो खोजी गरेर अघि बढ्न सञ्जाललाई आग्रह गरिन् । कार्यक्रममा विभिन्न संघसंस्थाका महिलाहरुले बोलेका थिए । यसैबीच हेमा थलङ्गलाई ‘साथी अवार्ड’ बाट सम्मानित गरिएको छ । महिला क्षमता विकास र महिला शसक्तिकरणमा योगदान पु¥याएको भन्दै सम्मान पत्रले सम्मानित गरिएको हो । त्यस्तै पूर्णकुमारी (डम्बर) श्रेष्ठलाई पनि सम्मानित गरिएको छ । उद्यमी महिलामा योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो । सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथि चापागाई र सञ्जालकी अध्यक्ष शिला बज्राचार्यले सम्मान पत्र हस्तान्तरण गरे । कार्यक्रमको पूर्वसन्ध्यामा पब्लिक उच्चमाविबाट धरानका विभिन्न महिला संघ संस्थाहरुको र्याली भानुचौकमा आएर सभामा परिणत भएको थियो । साँझ बालिका अनुशा राईको सम्झना गर्दै मैनबत्ति बालिने कार्यक्रम रहेको चेतना श्रेरेङले बताइन् ।