धरान/सप्तरीमा भएको घटनापछि आन्दोलनरत मेधशी मोर्चाका कार्यकर्ताहरु थप हिंसात्मक बन्दै गइरहेका छन् ।
[caption id="attachment_33068" align="alignnone" width="800"]
फाइल तस्बिर[/caption]
उनीहरुले एमाले नेता, कार्यकर्ताहरुको घरलाई लक्षित गर्दै ढुंगामुढा गरिरहेका छन् । जसका कारण स्थानीय एमाले नेता, कार्यकर्ताहरु विस्थापित हुने तरखरमा छन् । तोडफोडमा उत्रिएको मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमासमेत तोडफोडको प्रयास गरेको खबर प्राप्त भएको छ ।
मोर्चाले जिल्लाका एमालेका अगुवा कार्यकर्ताहरुको घर तोडफोडमा उत्रिएका छन् । अराजकता तर्फ उन्मुख हुँदै गएको यो घटनाले गम्भीर मानवअधिकारको उल्लघंन गरिएको देखिएको छ । मोर्चाका जिल्ला अगुवा नेताहरुले उक्त तोडफोडमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मोर्चाका कार्यकर्ताहरुले एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलेको घर तोडफोड गरेको खबर छ ।
उनको घर राजविराज–४ मा पर्छ । मोर्चाको कार्यकर्ताले हानेको ढुंगाका कारण घरको झ्यालको सिसाहरु फुटेका छन् । त्यस्तै राजविराज ९ स्थित एमाले नेता रामानन्द देवको लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले पार्टी कार्यालय पनि तोडफोड तथा आगजनीको प्रयास गरेका छन् । सप्तरीको घटनापछि अनिश्चितकालीन यातायात अवरुद्ध पारेका छन् ।