धरान / विहानैबाट तनावग्रस्त सप्तरीको राजविराजमा गोली चल्दा तीर्न प्रर्दशनकारीकाृ मृत्यु भएको छ । एकको घट्ना स्थलमा र दुई जनाको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रम स्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर संजन मेहताको मृत्यु भएको मोर्चाका कार्यकता प्रकाशकुमार यादवले जानकारी दिए । उपचारको क्रममा सप्तरी मलेटका ४३ बर्षिय पिताम्वरलाल मण्डल र ठेगाना नखुलेका ३५ बर्षिय आनन्द साहको मृत्यु भएको छ । यादवका अनुसार ९ जनालाई प्रतिष्ठानमा ल्याइएको छ । ४ जनाको अवस्था गम्भीर रहेको प्रतिष्ठान प्रहरीले जानकारी दिएको छ । अन्य १५ जना घाईते बाटोमा आउदै गरेको उनले जनाए । मृतकको संख्या अझै बढ्ने बताइएकाे छ । एमालेको कार्यक्रम सकिने बेलामा प्रदर्शनकारीले एमाले कार्यकर्ताको मोटरसाइकल जलाएका थिए भने एक दर्जन गाडीमा तोडफोड गरेका थिए । एमाले शीर्ष नेताहरुको टोली कञ्चनपुरतिर लाग्न खोज्दा १०/२० जनाको समूह समूहमा रहेका प्रदर्शनकारीले मधेसी मोर्चाका कार्यकर्ताले ठाउँठाउँमा अवरोध गरेका थिए । उनीहरुलाई हटाउने क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच एकअर्कालाई लखेटालखेट भएको थियो । अरुलाई पनि गोली लागेको भनिएपनि थप विवरण आउन बाँकी छ ।