धरान/ राजविराजमा एमालेको कार्यक्रम बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली लागेर एक युवाकाे मृत्यु भएकाे छ ।

मलेठ– २ का सञ्जन मेहताको गोली मृत्यु भएकाे हाे ।एमालेको सभास्थललाई मधेसी मोर्चाको कार्यकर्ताले सभा चलिरहँदा घेरा हालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्न थालेको छ ।

सभास्थल औद्योगिक क्षेत्रको पूर्व र दक्षिणपट्टी ठूलो संख्यामा मोर्चा कार्यकर्ता जम्मा भएका छन् ।सभा सुरु हुनु अघि पनि प्रहरी र मोर्चा कार्यकर्ता बीच झडप हुँदा एक दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

एमालेको मेची–महाकाली अभियानको टोलीले सप्तरीमा कार्यक्रम सकेकाे छ । अहिले प्रदर्शन कारी र प्रहरी बिच झडप भइरहेकाे खबर प्राप्त भएकाे छ ।