निर्वाचन आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अन्तिम तयारी गर्न आवश्यक पर्ने स्थानीय तह पुनःर्संरचना आयोगको प्रतिवेदन प्राप्तीको प्रतिक्षामा रहेको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आइतबार विज्ञप्ती जारी गरेर प्रतिवेदन शिघ्रातिशीघ्र प्राप्तिको प्रतिक्षामा आयोग रहेको उल्लेख गरेका छन् ।

निर्वाचन सञ्चालन गर्न समय निकै छोटो रहेको र निर्वाचन कार्यलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सरोकारवालाहरूको महत्वपूर्ण र सकारात्मक भूमिकाको अपेक्षा समेत आयोगले गरेको छ ।

निर्वाचनका प्रमुख सरोकारवाला राजनीतिक दलहरूको आपसी सहयोग, समन्वय, सहमति, समझदारीबाट मात्र निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सहज वातावरण निर्माण हुने भएकोले राजनीतिक दलहरूबाट उल्लेखित वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास समेत आयोगको छ ।