झापा/ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो मेची महाकाली अभियानअन्तर्गत आज (आइतबार) मोरङ र सुनसरीमा आमसभा गर्दैछ। एमालेले मोरङको विराटनगर चोक र सुनसरीको इटहरीमा सभा गर्न लागेको हो ।

विराटचोकको सभालाई एमाले उपाध्यक्षहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।

इटहरीमा भने वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित एमालेले शनिबार झापाको काँकडभिट्टाबाट अभियान सुरु गरेको हो ।