काठमाडौं / मेची महाकाली अभियान सुरु हुनुभन्दा ठिक एक दिनअघि नेकपा एमालेले मधेस क्षेत्रमा रहेर लामो समयदेखि क्रियासिल नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

मधेस क्षेत्रमा लामो समयदेखि क्रियासिल एमालेका २० नेतालाई केन्द्रीय सदस्य र बैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको छ । मेची महाकाली अभियानका लागि एमालेका सवै नेता कार्यकर्ताहरु झापा पुगेका छन् । झापामा शुक्रवार साँझ बसेको एमाले बैठकले २० जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको छ ।

शुक्रबार राति बिर्तामोडमा बसेको एमालेको स्थायी कमिटी बैठकले रघुबीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव र रामदयाल मण्डल, रामचन्द्र साह तेली, रवीन्द्र बैठा, हरीनारायण महतो, रत्नेश्वर गोइत, लालबाबु यादव र यदुवंश झालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ भने नारदमणि राना थारु, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरी राजबंशी, सरोज यादव र सुधीर साह, सरला यादव र महम्मद हारूनलाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनित गरेको पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए ।

केन्द्रीय सदस्य हुनेहरुमा सवैभन्दा बढि प्रदेश नम्वर २ बाट रहेका छन् । मधेस क्षेत्रमा एमालेको प्रभाव बलियो बनाउन एमालेले मधेस क्षेत्रबाट बढि केन्द्रीय सदस्य मनोनित गरेको छ । नयाँ मनोनित सहित एमाले केन्द्रीय समितिको संख्या २०५ पुगेको छ ।