-
Home
-
पूर्व
-
थाग्देन समाजको सातौं साधारण सभा सम्पन्न
थाग्देन समाजको सातौं साधारण सभा सम्पन्न
- फागुन २१, २०७३
- ब्लाष्ट खबर
धरान/थाग्देन सेवा समाजको ७ औं साधारण सभा शनिबार हरियालीमा सम्पन्न भएको छ । सभाको अवसरमा आजिवन सदस्य र ताप्लेजुङको बाढीपीडितलाई सहयोग गर्ने १२ जनालाई सम्मानित गरेको छ ।
संस्थाले १० लाख ४ हजार चारसय १७ रुपैया बराबरको आयव्यय सार्वजनिक गरेको छ । संस्थाका कोषाध्यक्ष रणबहादुर थाग्देनले आयव्यय सार्वजनिक गरेको हो । त्यस्तै संस्थाका सचिव धनप्रसाद लिम्बूले प्रगति प्रतिवेदनसमेत प्रस्तुत गरे ।
२०७२ सालमा ताप्लेजुङ बाढीपीडितलाई ८ हजार रुपैया भन्दा माथि सहयोग गर्ने रणबहादुर थाग्देन, राजकुमार थोप्रा, पूर्णबहादुर मेयोङ, चन्द्रबहादुर थोप्रा, र लालबहादुर थाग्देनलाई प्रमाण पत्रले सम्मानित गरिएको छ ।
त्यस्तै संस्थाका आजिवन सदस्य तिलबहादुर थाग्देन, रणबहादुर थाग्दने, शिवप्रसाद थाग्देन, युद्धप्रसाद थाग्देन, दुर्गाप्रसाद थाग्देन, र अमृतमान थाम्देनलाई सम्मानित गरिएको हो ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाग्देन र समाजका अध्यक्ष तिलबहादुर थाग्देनले सम्मानितहरुलाई प्रमाण पत्र वितरण गरे ।