डा. बाबुराम भट्टराईको कार्यशैली तानाशाही भएको आरोप लगाँउदै नयाँ शक्ति पार्टी भित्र ठूलो विद्रोह हुन लागेको खबर छ । पार्टी गठन भएको वर्ष दिन नबित्दै डा बाबुराम भट्राईको नयाँ शक्क्ति पार्टी दुई चिरा बन्ने भएको हो ।
बाबुरामको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै पार्टीभत्रको ठूलो पक्तिंले देशभरबाट एकसाथ सामूहिक विद्रोहको तयारी थालेका हुन् ।
नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्ताको ठूलो पंक्तिले देशभरका जिल्लामा नयाँ शक्ति सामानान्तर पार्टी कमिटीको नामबाट विद्रोह गर्न लागेका जनाइएको छ ।
यसका लागि सबै जिल्लाहरुमा नयाँ शक्ति समानान्तर पार्टी कमिटी गठन भइसकेका छन् भने केन्द्रका समेत दर्जनौ नेता विद्रोहका लागि तयार भइसकेका छन् ।
नेताहरुले मुख्य रुपमा पार्टीको संगठनात्मक, वैचारिक कार्यशैलीप्रति तीव्र असन्तुुष्ट राख्दै आएका छन् । पछिल्लो समय रविन्द्र मिश्रको नेतृत्वमा वैकल्पिक शक्ति बन्ने ल्याकत देखिएपछि नयाँ शक्ति नेपालका नेता तथा कार्यकर्तामा असन्तुष्टि अझ बढेको थियो ।
पार्टीभत्रको ठूलो पंक्ति स्थानीय निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा रहे पनि बाबुराम भट्टराईले भारतको इशारामा निर्वाचनको विरोध गरेको धेरैको बुुझाईले समेत विद्रोहको जग तयार गरेको एक नेताले बताएका छन् ।
१९ वर्षदेखि आम प्रतिक्षाको बिषय बनेको र सर्वत्र स्वागत भएको स्थानीय निर्वाचनको विरोध गरेपछि डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल फूट्ने निश्चित भएको छ ।
बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पार्टीमा विवाद बढेको थियो । यसअघि पनि बाबुरामसँग असहमति राख्दै ९ अन्तरिम परिषदका सदस्यले बाबुरामलाई ज्ञापनपत्र बुुझाएका थिए ।
एक अर्का नेताका अनुसार बाबुरामको नयाँ शक्ति नेपालबाट विद्रोह गरी गठन हुन लागेको नयाँ पार्टीका लागि काठमाण्डौमा आगामी फागुन २६ गते राष्ट्रिय भेला आयोजना हुनेछ । जिल्ला जिल्लाका नेता तथा कार्यकर्तालाई समेटेर शक्तिशाली पार्टी बनाइने विद्रोहको अगुवाई गरिरहेका नेताहरुले दाबी गरेका छन् ।