तरहरा/युवाका लागी युवा सुनसरीले इटहरीका युवाहरुलाई लक्षित गरी युवा नेतृत्व विकास तालिम दिएको छ । इटहरीका विभिन्न वडाका युवालाई दुई दिने नेतृत्व विकास तालिम दिएको हो ।

तालिममा सहभागी अधिकांस युवाहरुले देश विकासमा युवा नेतृत्व आवश्यक रहेको वताए । समाज परिवर्तनका साथै आउँदै गरेको स्थानीय निर्वाचनमा पनि युवाहरुको भुमिका अहम रहेको भन्दै उनीहरुले नेतृव्व विकास तालिम फलादायी भएको वताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी राजेश गिरीले युवाहरु कुलतमा फस्न नहुने भन्दै समाज परिर्वतनमा लाग्न आग्रह गरे । उनले भने पछिल्लो समयमा विदेशिएका युवाहरुलाई देशमै वसेर विकास र आर्थिक अन्नतीमा लाग्न आजको आवश्यकता भएको औल्याए ।

नेतृव्व विकास तालिमका प्रमुख प्रशिक्षक कृष्ण भट्टराईले युवाहरु देश विकास सँगै नेतृत्व लिन अग्रसर हुनु पर्ने वताएका थिए । त्यसै पत्रकार महासंघ सुनसरीको अध्यक्ष अमर खड्काले अहिलेका युवाहरुलाई नेतृत्व विकास तालिम दिन आवश्यक रहेको वताए ।

त्यस्तै इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले युवाहरु कुलतमा फस्दै गएको भन्दै सकरात्मक बाटोमा हिड्न आग्रह गरे । युवाका लागी युवाको अध्यक्ष मंदिप भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु धनबहादुर पुरी ,विवेक भट्टराई लगायतले वोलेका थिए ।