मोरङको टंकिसिनवारीमा दुर्घटना
- फागुन १८, २०७३
- ब्लाष्ट खबर
धरान/विराटनगरदेखि धरान तर्फ आउँदै गरेको यात्रुबाहक बससँग बुधबार विहान मोटरसाइटकल ठक्कर खादा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
को १ ख ४९०९ नम्बरको यात्रुबाहक बससँग विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर खाँदा विराटनगर–५ का ३१ वर्षीैय ठेलुराम माझीको मृत्यु भएको हो ।
उनलाई उपचारको क्रममा न्युरो अस्पताल विराटनगर लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना मोरङको टंकिसिनवारी–५ मा भएको हो ।
एउटै दिशाबाट आइरहेको ट्रिपरलाई ओभरटेक गर्ने क्रममा बससँग ठक्कर खाएको जानकारी आफूलाई आएको सप्तकोशी बस व्यवसायी संघका सुमन थापा मगरले बताए । माझी को ४ प २४९८ नम्बरको मोटरसाइकलमा सवार थिए ।
उक्त मोटरसाइकल र बस निमुवा प्रहरी चौकी मोरङमा राखिएको छ भने चालक बीरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा लगिएको थापा मगरले बताए ।