सिन्धुपाल्चोक / सिन्धुपाल्चोक पत्रकार महासंघको अध्यक्षमा महेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
महासंघ नेतृत्वका लागि प्रेस यूनियनबाट नै दुई उमेद्वारले प्रतिस्पर्धा गर्नुभएको थियो । महेश श्रेष्ठले ६१ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी यूवराज पुरीले ५९ मत प्राप्त गर्नुभएको थियो ।
श्रेष्ठ समहुले चौतारीसगँ गुटबन्दी गरेका थिए भने पुरी समुहले प्रेस सेन्टरसगँ गुटबन्दी थियो ।
त्यस्तै उपाध्यक्षमा सोहीगठबन्धनका तर्फबाट ज्ञानेन्द्र तिमल्सिनाले ७१ मत ल्याउँदै निर्वाचित हुनुभएको छ ।
प्रतिद्धन्दी टिका दाहालले ४८ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै महिला उपाध्यक्षमा दुर्गा आचार्यले ६५ मत प्राप्तगर्नुभएको छ भने प्रतिद्धन्दी गोमा खत्रीले ५३ मत प्राप्त गर्नुभएको छ ।
सचिबमा गठबन्दनका तर्फबाट दिनेश थापाले ६५ मत प्राप्त गरी निर्बाचित हुनु भएको छ ।
मंगलबार चौतारामा भएको महासंघको जिल्ला सम्मेलनबाट १३ सदस्यीय जिल्ला कार्यसमिति, १७ जना प्रदेश पार्षद् तथा १६ जना केन्द्रिय पार्षद्को चयन भएको छ ।
जसमध्ये केन्द्रिय पार्षद्का लागि ३ महिला सदस्य निर्बिरोध निर्बाचित भएका थिए ।