तरहरा/ जनता वहुमुखी क्याम्पसका एक दृस्टिबिहिन किशोरी राजनीतिमा भबिस्य खोज्न थालेकी छिन । राजनीतिले नै समाज परिवर्तन गर्न सकिने आत्मबिस्वासले उनी स्ववियु चुनाबमा उठेकी हुन ।
स्वबियु चुनाव मार्फत राजनीतिक हैसियत वृद्धि गर्न लागेकी झुम्का घर भएकी राधा चौधरी आँखा देख्दिनन् तर उनी स्ववियु चुनाबमा भाग लिएकी छिन । आफुले विद्यार्थीहरुको स्वयिवु चुनावमा सदस्य पदमा उम्मेरद्धारी दिएको वताईन । उनले भनिन् मलाई सबैले चुनाबमा भोट दिनु हुन्छ भन्ने आशा छ उनले भनिन् । निकै मेहेनती स्भावका चौधरी जनता क्याम्पसमा लोकप्रिय समेत छिन । पछिल्लो समय स्ववियु चुनावले सरकारी क्याम्पसहरु तात्तिएका छन । जनता क्याम्पस इटहरीमा नेविसंघको तर्फबाट प्रमोद भट्टराई, अखिलका हेमसागर तिम्सिना, अनेरास्ववियुका रुपचन्द्र अधिकारीले अध्यक्षमा उम्मेरद्धारी दिएका छन ।