अछाम/ अछामको भाटाकाटियामा एक किसानको बारीमा फलेको फर्सिमा भगवान शिवको रुप देखिएपछि पूजाआजा गर्नेहरुको भिड बढेको छ ।

भाटाकाटिया ४ का चेत बहादुर साउदको बारीमा फलेको फर्सिमा भगवान शिवको तस्बिर र चन्द्रमाको चित्र देखिएपछि पूजाआजा गर्नेहरुको भिड बढेको होे ।

बर्खायाममा फलेको फर्सिमा भगवान शिवको तस्विर स्पस्ट देखिएकाले धुपबत्ती बालेर पूजाआजा गर्न थालिएको स्थानीय पुरोहित कासिराम खनालले बताएका छन् ।

फर्सिमा भगवान शिवको तस्बिर देखिएपछि हेर्नको लागि छिमेकि गाउँका मानिसहरुको पनि घुईँचो लागेको छ ।