सुनसरी/ सुनसरीको चाँदबेला गाविसमा १३ वर्षीया बालिकाको हत्या भएको छ ।

बिहीबारदेखि हराइरहेकी चाँदबेला गाविस–९ की अमिताकुमारी मुदियारीको विभत्स तरीकाले हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

घटनाको प्रकृती हेर्दा उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

शव कल्भर्टमा फालेको अवस्थामा शनिबार प्रहरीले फेला पारेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकका आफन्तले हत्याराको तत्काल खोजी गरी कारबाही गर्न माग गरेका छन् ।