पोखरा/ लामो समयपछि फेरि बर्डफ्लू देखा परेको छ । जिल्ला पशु कार्यालय पोखराले दिएको जानकारी अनुसार १८ खाल्टेमसिनामा बर्डफ्लू देखा परेको हो ।
पोखरा १८ खाल्टेमसिनाकी मीना परियारले फागुन ६ गते एउटा हासँ मरेपछि परीक्षणका लागि पशु कार्यालयमा ल्याइन् ।
परिक्षण गर्दा पोजेटिभ देखिपछि फेरि परिक्षणको लागि काठमाडौं पठाएर परिक्षण गर्दा बर्डफ्लू लागेको पत्ता लागेको जनाएके छ ।
परियारको करिब २० वटा हाँस मध्ये १७ वटा हासँ र ११ वटा कुखुरा मरिसकेका छन् । बर्डफ्लू लागेको पत्ता लागेपछि आसपासको क्षेत्रमा पशु विकास कार्यालयले निगरानी बढाएको छ ।