स्नातक गरेकी भारतकी रेणुले एउटा यस्तो काम गरेकी छिन्, जसका कारण उनी अन्य युवतीका लागि पनि उदाहरणको रुपमा खडा भएकी छिन् । उनले दाइजोका लोभी दुलाहाले विवाह हुने केही क्षण अघि मात्रै उनीसँग विवाह गर्न अस्विकार गरेपछि उनले यस्तो कदम उठाइन् जसको निकै चर्चा र प्रशंसा भइरहेको छ । यसबारे छिमेकीले थाहा पाउने बित्तिकै उनीहरु रेणुको बुवाको घरमा उनलाई बधाई दिन ओइरिए । दुबै बिच पाँच मिनेटको भेटधाट, दाइजो बिना भयो विवाहः – रेणु कासनियाँको विवाह हरियाणा निवासी राजवीर कन्स्वाका छोरा पवन कन्स्वासँग फेब्रुअरी १९ तारिखमा विवाह हुने कार्यक्रम तय भएको थियो । – १८ फेब्रुअरीको राती पवनले फोनमा रेणुसँग विवाहका लागि ११ लाख भारु नगद र एक सुविधासम्पन्न गाडी चाहिने बताए । – त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए । – रेणुले फोनमा भएको कुराको जानकारी आफ्ना बुवा राजेन्द्र कासनियां र आमालाई दिइन् । परिवारले सम्बन्ध मिलाइदिने बिचौलीयालाई सम्पर्क गरेर यसबारे जानकारी दिए । – बिचौलीयाले पवन र उनका बुवालाई सम्पर्क गरेर पंचायत बोलाइन् र यसो गर्दा गर्दै १९ फेब्रुअरीको रात बित्यो । – साइतको हिसाबले अब जन्ती बेहुलीको घरमा आउने बेला भइसकेको थियो । केटापट्टीकाले आफ्नो माग नछोडेपछि रेणुले एक साहसिक निर्णय लिइन् । उनले पवनसँग नै विवाह गर्न अस्विकार गरिदिइन् । इन्जिनियर राकेश बने रेणुको नयाँ बेहुलाः – बेहुली रेणुको घर बिस्तारै पाहुनाहरु आउन सुरु गरिसकेका थिए । – रेणुको विवाहमा पुलिस कन्स्टेबल कपिल घिंटाला पनि आफ्ना इन्जिनियर छोरा राकेशसँग विवाहमा सहभागी हुन आएका थिए । – विवाहको घरको सबै स्थिती देखेर राकेशले रेणुसँग विवाहको प्रस्ताव राखे । कुरा रेणुसम्म पुग्यो । दुबैको त्यहाँ नै भेट भयो । – पाँच मिनेटको औपचारिक भेटघाटपछि दुबै विवाहका लागि राजी भए । राती दुई बजे राकेश बाजा गाजासहित रेणुको घरमा जन्तीसहित पुगे । – बेहुलीका पिता राजेन्द्रले आफ्नी छोरीले यति ठूलो साहसिक कदम उठाउने बारे कहिले पनि नसोचेको बताए । बेहुला राकेशले आफ्नी श्रीमतीको विचारबाट प्रभावित भएका कारण उनलाई विवाहको प्रस्ताव गरेको बताए । उनले भने, ‘हामी दुबैको विचार मिल्छ । मलाई दाइजो होइन, एक राम्रो विचार भएकी जीवनसाथी चाहिएको थियो । मेरो इच्छा रेणुको रुपमा पूरा भएको छ ।’