भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेता बनेका छन् । अमेरिकाको पब्लिक रिलेसन्स एण्ड कम्यूनिकेसन्स र्फम भर्सन मार्सटेलरले सार्वजनिक गरेको रिपोर्ट अनुसार मोदीले फेसबुक लोकप्रियतामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्राे स्थानमा धकेलेका छन् ।
मोदीलाई फेसबुक पेजमा ३ करोड ९९ लाख मानिस फलो गर्दछन् । जबकि ट्रम्पलाई एक करोड ९८ लाखले मात्र ।
रोचक कुरा त के भने फेसबुकमा लोकप्रियताको तेस्राे नम्बरमा भारतीय प्रधानमन्त्री कार्यालयको फेसबुक पेज नै रहेको छ जसमा १ करोड ३० लाख फलोअर्स छन् ।
फेसबुकमा लोकप्रियताको चौथो स्थानमा जोर्डनकी रानिया छिन् । त्यस्तै पाँचौमा टर्किका राष्ट्रपति रेसेफ टेइप एर्डोगान रहेका छन् । उनका फलोअर्सको संख्या ८० लाख छ ।
बर्सन मार्सटेलरले फेसबुकमा सबैभन्दा सक्रिय नेताहरुको सूचि पनि सार्वजनिक गरेको छ । यसमा सबैभन्दा सक्रिय फेसबुक अकाउन्ट इथियोपिया सरकारको छ । सक्रिय फेसबुक पेजमा बोत्स्वाना सरकारको फेसबुक पेज दोश्रो स्थानमा छ ।
सक्रियताको हिसाबले भारतीय विदेश मन्त्रालयको फेसबुक पेज सातौँ स्थानमा रहेको छ ।
रिपोर्ट अनुसार विश्वका ठूला नेताहरुका गरी फेसबुकमा कुल ३१ करोड १० लाख फलोअर्स छन् । उनीहरुले सन् २०१६ मा ३ लाख ९८ हजार ९८२ पोष्ट गरेका छन् फेसबुकमा ।