[caption id="attachment_30572" align="alignleft" width="500"] फाइल तस्बिर[/caption]

सुनसरी/ संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने  सवारीका साधन  चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् ।

सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट  झापा र धरानतर्फ जाने  गाडी पनि चल्न सकेका छैनन् ।

झापामा भने बन्दको कुनै पनि प्रभाव छैन । सिरहा र सप्तरीमा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन् ।

बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो । बन्दको अघिल्लो दिन संयूक्त मधेसी मोर्चा रंगेलीले मंगलबार बेलुका रङ्गेलीस्थित काली मन्दिरबाट सरकारले चुनावको मिति घोषणा गरेकोमा विरोध जनउँदै राँके जुलुस निकालेको छ ।

संयुक्त मधेसी मोर्चा रङ्गेली संयोजक शंकरप्रसाद साहको नेतृत्वमा स्थानीय काली मन्दिर बाट निस्केको राँके जुलुस रंगेली चोक हुँदै बसपार्कमा पुगेर  टुङ्गीएको थियो  । संविधान संशोधन गर, लगायतका नारा लगाउँदै मोर्चाका कार्यकर्ताहरु जुलुसमा  सहभागी थिए  ।