पथरी/आफ्ना ७ वर्षीय भतिजिलाई फकाएर जवरजस्ती करणी गरेको आरोपमा काकालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
भारतको जल्पाई गुडी बस्ने बर्ष ३६ को नविन परियारलाई प्रहरीले शनिबार मोरङको हसन्दहबाट पक्राउ गरेको हो ।
भारतबाट हसन्दहमा आफन्तको विवाहमा आएको परियारले शुक्रबार मध्यराती साइनोले भतिजि पर्ने बालीका सुतेको ठाउँमा गएर ललाइ फकाइ गरेर करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालयका इस्पेक्टर राजन कार्कीले बताए । पक्राउ परेका परियारलाई जबरजस्ती करणी मुद्दा चलाइ सकेको इस्पेक्टर कार्कीले बताए ।