विजयपुर/प्रेश सेन्टर सुनसरीले फागुन ८ गते नै संगठनप्रति असन्तुष्टि राखेर राजीनामा दिएका ब्यक्तिहरुलाई कारबाही गरेको बिज्ञप्ति जारी गरेको छ ।
नेपाल पत्रकार महासघं सुनसरीको निर्बाचनमा जित सुनिश्चित हुदाहुदैपनि संगठनमा ब्यक्तिबादी प्रबृती हाबि गर्दै संगठनका सम्पुर्ण सदस्यलाई भ्रममा राखेर संगठनलाई पराजय गरेको भन्दै तिनजना सल्लाहकार र एक जना जिल्ला कमिटी सदस्यले फागुन आठ गतेनै राजीनामा दिएका थिए ।
सेन्टर सुनसरीका सल्लाहकार राजेश बिद्रोही,जनकऋषि राई ,जसकुमार राई तथा जिल्ला कमिटी सदस्य शेखरबिक्रम योगीले बिज्ञप्ति जारी गरि राजीनामा दिएका थिए ।
तर सेन्टरले मङगलबार बैठक बसेर राजिनामा दिईसकेका ब्यक्तिहरुलाई कारबाही गरेको जनाएको छ ।‘राजीनामा दिएका ब्यक्तिलाई कारबाही गरे भन्नु आफैमा हास्यस्पद छ,यसमा कुनै तुक छैन सेन्टरका पुर्व सल्लााहकार जस कुमार राईले भने ‘हरेक संगठनले परिणममा बिश्वास गर्नु पर्छ,जसको कारण संगठन परिणममा शुन्य भएको छ त्यसको आत्मा समिक्षा गर्न सक्ने हिम्मत उहाँहरुहा देखिएन’ ।
बिज्ञप्तिमा सेन्टरका सुनसरी अध्यक्ष श्री शिशा राई,उपाधयक्ष गोबिन्द बस्नेत र सचिब तिर्थ कार्कीले हस्ताक्षर गरेका छन् ।